गुल्मीमा भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

 बैशाख २५, २०७७ बिहिबार २१:५:३४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा भारतबाट आएका ६८ जना व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

उनीहरु सबैजना गएको दुई हप्ताअघि २८ दिनसम्म सुनौली नाकामा क्वरेन्टीनमा बसेर स्वदेश फर्किएका थिए । भारतबाट आएका सबैजनालाई पालिकाहरुले चौध दिनसम्म क्वरेन्टीनमा राखेका थिए ।   

प्रदेश प्रयोगशाला ल्याब रुपन्देहीमा किटको अभाव भएपछि पीसीआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका ६८ जना व्यक्तिहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको गुल्मीका प्रमुख जिल्ला अधिकरी भरतराज शर्माले जानकारी दिनु भएको छ ।
 
भारतबाट आएका व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वरेन्टीनमा बसेका कतिपय व्यक्तिहरु बिहीबार नै घर फर्किसकेका छन् भने अन्य व्यक्तिहरुलाई शुक्रबारसम्म आ-आफ्नो घर पठाउने तयारी गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनु भएको छ । 

भारतबाट आएकाहरुमा कोरोनाको सङ्क्रमण हुनसक्ने आशंकमा त्रसित बनेका स्थानीयहरु उनीहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि त्रास हटेको पोख्रेलले बताउनु भयो । 

दुई हप्तासम्म सीमानाकामा अलपत्रपरि बसेका ६८ जना मध्य धुर्कोट गाउँपालिकामा ५४ जना, रेसुंगा नगरपालिकामा ७ जना, मुसिकोट नगरपालिकाका ३ जना, चन्द्रकोट गाउँपालिकाका २ जना र मदाने र रुरुक्षेत्र गाउँपालिकामा एक/एक जना गरी ६८ जनालाई  स्थानीय पालिकाहरुले क्वरेन्टीनमा राखेका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया