किट नहुँदा डोटीमा भारतबाट आएका २ हजारभन्दा धेरैकाे कोरोना परीक्षण रोकियो

 बैशाख २७, २०७७ शनिबार १६:२२:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा कोरोना भाइरसको परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार चार हजार चार सय ४४ जनाको परीक्षण रोकिएको छ ।

गएको चैत १ गतेदेखि भारतबाट आएका डाेटीका कुल चार हजार पाँच जनामध्ये एक हजार सात सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ भने तीन सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । 

किट अभावका कारण बाँकी रहेकाकाे कोरोना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किट सकिएको छ । भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण गर्न सकेका छैनौँ ।  किट नआउँदा परीक्षणको काम बन्द भएको हो ।’ 

पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताउनुभयो । 

भारतबाट आएका व्यक्तिहरुलाई पालिकाले निर्माण गरेका क्वरेण्टीनमा २१ दिन राखेर घर पठाए पनि किट अभावमा भारतबाट आएकाहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुन सकेको छैन ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पीसीआर र र्‍यापिड टेस्टबाट अहिलेसम्म १७ हजार पाँच सय २४ जनाको कोरोना परीक्षण गरिएको छ । 

सुदूरपश्चिमका नौ वटै जिल्लाका पालिकाले सञ्चालनमा ल्याएका तीन सय ९१ क्वरेण्टीनमा अहिलेसम्म तीन हजार तीन सय ७४ जना राखिएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमभरि अहिलेसम्म दुई हजार नाै सय २३ जनाको स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।  जसमध्ये पाँच जनाको नतिजा पोजेटिभ र बाँकी अन्य सबैको नतिजा नेगेटिभ आएको छ । 

सङ्क्रमित पाँचमध्ये चार जना निको भएर घर फर्किसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । पछिल्लो समय डाेटीमा आरडीटी किटको अभाव भएपछि सुदूरपश्चिम प्रदेशले सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजना अन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडीटी परीक्षण गर्ने निर्णय गरेको थियो । तर किटको अभावमा निर्णय कार्यान्वयन गर्न समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया