'लकडाउन'काे स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिकाे तयारी

 जेठ २, २०७७ शुक्रबार १५:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । 

समितिको आज बसेको बैठकले आउँदो सोमबारपछि लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिीउच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र छुट्याएर स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । 

विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । नेपालको अवस्था अहिले आत्तिनुपर्ने नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेलाई सम्बन्धित पालिकामा क्वरेणटीनकाे उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले जानकारी दिनुभयो । 

चिकित्सा क्षेत्रका विज्ञले सरकारलाई वैज्ञानिक ढङ्गबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावमा फेरि छलफल गरी समितिले निर्णय गर्नेछ । समितिको सुझावका आधारमा मन्त्रीपरिषद्ले लकडाउनकाे बारेमा निर्णय गर्नेछ । 

पछिल्लो पटक थप गरिएको लकडाउन आउँदो सोमबार सकिँदैछ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया