सुदूरपश्चिममा २२ हजार जनाको कोरोना परीक्षण

 जेठ ६, २०७७ मंगलबार १२:२३:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार दुई सय ९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सूचना अनुसार हालसम्म पीसीआर विधिबाट तीन हजार सात सय ९७ जना तथा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट १८ हजार सात सय ५४ जनाका परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरी कुल तीन हजार एक सय ५० आरडीटी किट र आठ सय ११ भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) स्टक रहेको जनाइएको छ । 

आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार चार सय एक पुरुष र एक सय ५८ महिला गरी एक हजार पाँच सय ५९ जना क्वरेण्टीनमा राखिएका छन् । 

डोटी जिल्ला अस्पतालमा १, सेती प्रादेशिक अस्पताल कैलालीमा ४, बझाङ जिल्ला अस्पतालमा ८,  बैतडी जिल्ला अस्पतालमा १ र बाजुरा जिल्ला अस्पतालमा ३ गरी जना नागरिक १७ जना आइसोलेसनमा भर्ना भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना संक्रमित नभएको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशभित्र देखिएका पाँच जना संक्रमितहरु निको भएर घर गइसकेका छन् । 

यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि एक सय ४७ जना घर फर्किसकेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया