डाेटीमा मिनी ट्रक दुर्घटना, ४ जना घाइते

 जेठ ८, २०७७ बिहिबार १५:५४:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डाेटीकाे पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका ६ सुनगडामा  बा २ क २७३९ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका मिनीट्रक दुर्घटना भएकाे हो ।

घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहनुभएका बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका-६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये मल्लको दाहिने खुट्टा भाँच्चिएको छ भने छातीमा गम्भीर चोट लागेको तथा सिंहको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते चारै जनालाई थप उपचारकाे लागि  हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको निरीक्षक बोहराले बताउनुभयो । मिनी ट्रक सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको हाे । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया