प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा

 जेठ ९, २०७७ शुक्रबार ९:४:३३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ ।

बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गर्नुभएको हो ।

अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका बिधेयकका बिषयमा जानकारी दिने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभाको अर्थ, उद्योग र पर्यटन समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम पेश गर्नेछ । प्रदेश सभाको आजको बैठकमा २ जना प्रदेश सभा सदस्य भने सहभागी हुन पाउने छैनन । बिहीबार गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएका कारण उनीहरु क्वरेन्टीनमा छन् ।

परीक्षणका क्रममा २ प्रदेश सभा सदस्य, एकजना प्रदेश सभा सचिवालयका कर्मचारी , सांसदका स्वकीय सचिव र सुरक्षागार्ड गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभा सचिवालयका प्रव श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया