बलिवुड अभिनेत्री अनुष्का शर्माविरुद्ध नेपाली समुदायले गरे मुद्दा दर्ता

 जेठ १०, २०७७ शनिबार १७:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलिवुड अभिनेत्री अनुष्का शर्मा  यति बेला प्रशंसा र चर्चा बटुलिरहेकी छिन् । चर्चाको कारण हो उनी र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’ । तर त्यो वेब सिरिजमा भएका केही गल्तीका कारण अनुष्का सकारात्मक प्रतिक्रिया र प्रशंसाका विच विवादमा तानिएकी छिन् । उनको सिरिजमा प्रयोग भएका केही शब्द नेपाली समुदायका लागि अपमानजनक भएको भन्दै आपत्ति जनाइएको छ । 

अनुष्का शर्मालाई लयर्स गिल्डका एक सदस्य विरेन श्री गुरुङले १८ मे मा कानुनी नोटिस पठाएका थिए । उनका अनुसार सिरिजको एक अङ्कमा एक महिला प्रहरीले प्रहरी कार्यालयमा ल्याइएकी नेपाली महिलासँग सोधपुछको क्रममा देशको नामका साथ अपशब्द प्रयोग गरेर गाली गरेकी छिन । जुन निकै नै गलत हो । 

गुरुङका अनुसार नेपाली शब्दलाई लिएर कुनै पनि आपत्ति छैन । तर त्यसपछि जुन शब्द बोलिएको छ, त्यो स्वीकार्य छैन । यही कारण शो का चार जना निर्माता मध्येकी एक अनुष्का शर्मालाई पनि कानुनी नोटिस पठाएको उनले बताए । उनका अनुसार अनुष्का तथा उनको टिमको तर्फबाट कुनै पनि किसिमको जवाफ आएको छैन । यस कारण अब उनले अमेजनसँग कुरा गर्ने बताएका छन् । 

भारतमा रहेको गोरखा समुदायले अनलाइनमार्फत उजुरी दर्ता गर्‍याे 

यस विषयमा भारतमा रहेको  गोरखा समुदायले पनि भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र त्यस विभागका मन्त्री प्रकाश जावडकर, अमेजन प्राइम भिडियो र अनुष्का शर्माको नाममा एक अनलाइन अपिल दर्ता गर्दै त्यो अपमानजनक शब्दलाई म्युट गर्न, सबटाइटललाई धमिलो बनाउनुका साथै माफी माग्नुपर्ने बताएका छन । यसका साथै अनलाइन प्लेटफर्ममा राखिएको त्यो अङ्कलाई हटाएर सम्पादित अङ्क अपलोड गरिनुपर्ने माग गरेका छन् । 

अभिनेत्री अनुष्का शर्मा यति बेला ‘पाताल लोक’ का लागि प्राप्त भइरहेका प्रशंसाहरुलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी व्यक्त गरिरहेकी छिन् । तर उनको शो मा बोलिएका अपशब्दविरुद्ध उजुरी पर्दा भने यस विषयमा उनले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bharat madai

    May 23, 2020, 9 p.m.

    जो सुकै किन नहोस गल्तीको सजाय त भोग् नै पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया