'कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाऊ' भन्दै युवा विद्यार्थीको प्रदर्शन

 जेठ १०, २०७७ शनिबार २०:५५:४२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – जिल्लामा मापदण्ड अनुरुपको क्वरेण्टीनकाे व्यवस्थापन, यथाशीघ्र आइसाेलेशन वार्डको निर्माण, स्वाब परीक्षणको क्षमता वृद्धिलगायतका माग गर्दै कपिलवस्तुका युवा विद्यार्थीहरुले लकडाउनकै अवस्थामा शनिबार तौलिहवामा प्रदर्शन गरेका छन् ।

जिल्लाका विभिन्न राजनैतिक दलका युवा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय आगाडि सामाजिक दुरी कामय गर्दै, आफ्ना मागहरु 'प्ले कार्ड'मा प्रदर्शन गर्दै मौनरुपमा धर्नामा उत्रिएका छन् ।

कोरोना सङ्क्रमणविरुद्ध नागरिकलाई संरक्षण गर भन्दै धर्नामा उत्रिएका युवा विद्यार्थीहरुले जिल्लाका १० वटै पालिका र प्रदेश सरकारसँग एउटै माग राखेको नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सहमहामन्त्री प्रकाश घिमिरेले बताउनुभयाे । जिल्लाका १० वटै पालिकाले निर्माण गरेकाे क्वरेण्टीनकाे अवस्था राम्रो नभएको भन्दै नेकपाका युवा नेता दिपक पाण्डेयले यथाशीघ्र सबै पालिकामा आइसाेलेशन वार्डको व्यवस्थापनकाे लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गर्नुभएकाे छ ।

जिल्लाका १० वटा पालिकामा झण्डै सात हजार नागरिक क्वरेण्टीनमा बसेका भने ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । याे अवस्थामा निर्वाचित पालिकाका नेतृत्व, प्रदेश सभा सदस्य तथा केन्द्रीय सांसदहरु गैरजिम्मेवार रहेको सामाजिक अगुवा सुरज अग्रहरीले बताउनुभयाे ।

युवा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय गेट अगाडि झण्डै एक घण्टा धर्ना तथा प्रर्दशनमा बसेका थिए । युवा विद्यार्थीहरुको धर्ना तथा प्रर्दशनलाई मधेश मानव अधिकार गृह, नेपाल प्रेस युनियन, युवा सरोकार मञ्च, सञ्जीवनी नेपाल, नेपाल पत्रकार महासङ्घलगायत जिल्लाका सङ्घ संस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया