पोखरा महानगरका ३३ वडामै ५० जना अट्ने क्वरेण्टीन बनाइने,

कास्कीबाहेक अन्यत्रको तरकारी र फलफुल भित्रिन नदिन सिफारिस

 जेठ १२, २०७७ सोमबार १३:३६:२९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेण्टीन निर्माण गर्ने भएको छ । पोखरा महागनर कोरोना सङ्क्रमण नियन्त्रण मुल समितिकी संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले सबै वडामा ५० जना राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

महिलाका लागि एउटा छुट्टै क्वरेण्टीन स्थलकाे छनोट र व्यवस्थापन गर्न महानगरको क्वरेण्टीन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको महानगर उपप्रमुख गुरुङले जानकारी दिनुभयो । पोखरा महानगरले मालेपाटनमा रहेकाे  कृषिको होस्टेल र राल्पारोडमा रहेकाे लेकसिटी रिसर्च एण्ड हस्पिटलमा क्वरेण्टीन सञ्चालन गरेको छ ।

आउँदा दिनमा थप व्यक्तिहरु राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सबै वडाका अध्यक्षहरुलाई बढीमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।

पोखरा महागनरले कोरोना सङ्क्रमणको उच्च जोखिम र आगामी दिनमा सङ्क्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिनुभयो ।

बैठकले पोखरा महानगरले उपलब्ध गराउँदै आएको सुत्केरी पोषण सामाग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । महागनरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी घ्यू, एक केजी हर्लिक्स, एक लिटर तेल र पाँच सय रुपैयाँ नगद उपलब्ध गराउFदै आएको छ । त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसूति सेवा र मिर्गाैलाका बिरामीहरुलाई प्रदान गरेको निःशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताउनुभयो ।

महानगरले नगरवासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताउनुभयो ।

त्यस्तै अहिले सञ्चालनमा रहेका एम्बुलेन्समध्ये दुई वटा कोरोना सङ्क्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका बिरामीकाे आउजाउमा प्रयोग गर्ने निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया