कपिलवस्तुकी पहिलाे काेराेना सङ्क्रमित स्वास्थ्यकर्मी निकाे

 जेठ १२, २०७७ सोमबार १४:३७:४८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुकी कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणमुक्त भएर आज घर फर्कनुभएको हो । उहाँमा वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि अस्पतालको आइसोलेशनमा राखिएको थियो । 

उहाँको दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । नेपालकै पहिलो कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी उहाँले १४ दिनमै कोरोना जित्न सफल भएको पनि थापाले बताउनुभयो । घर पठाए पनि उहाँलाई थप एक हप्ता होम क्वरेण्टीनमा बस्न सुझाव दिइएको छ । 

कोरोना जितेर घर फर्किनुभएकी नर्सले खुसी व्यक्त गर्नुभएको छ । आइसोलेशनमा रहँदा आफूमा कुनै स्वास्थ्य समस्या नआएको र आफूले कुनै औषधि पनि सेवन गर्न नपरेको उहाँले बताउनुभएको छ । 

यसअघि कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन/तीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा ८३ जनामा कोरोना सङक्रमण देखिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया