कोरोना भाइरस : भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो

 जेठ १४, २०७७ बुधबार १२:३८:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतमा पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना कोभिड-१९ का नयाँ सङ्क्रमित थपिएको छन् भने एक सय ७० जनाको ज्यान गएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ६७ पुगेको छ । ८३ हजारभन्दा धेरैमा सङक्रमण अझै सक्रिय छ ।

६४ हजारभन्दा धेरै सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । उनीहरूलाई आराम र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य विभागका अधिकारीका अनुसार भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार हजार तीन सय ३७ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया