लमजुङ : सुन्दरबजारको क्वरेण्टीनमा बसेका ६६ मध्ये ४३ जना घर फर्किए

 जेठ २२, २०७७ बिहिबार २१:२०:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ मा रहेको कृषि क्याम्पस हाताभित्र बनाइएको जिल्लास्तरको क्वरेण्टीनमा बसेकामध्ये ४३ जना घर फर्किएका छन् ।

पछिल्लो समय भारतलगायत देशका विभिन्न ठाउँबाट आएकाहरुकाे आरडीटी र पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु घर फिर्ता भएकाे स्वास्थ्य शाखा  नगरपालिकाका सीअहेब अधिकृत निर्मल अधिकारीले जानकारी दिनुभयो । पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार मात्रै १७ जना घर फिर्ता भएका उहाँले बताउनुभयो । 

उहाँका अनुसार क्वरेण्टीनमा बसेका १७ जना र क्वरेण्टीनकाे रेखदेखमा खटिएका दुई जना नेपाली सेना गरी १९ जनाको पीसीआर गरिएकोमा १९ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । यस क्वरेण्टीनको रेखदेख जिल्लाको नेपाली सेनाको श्रीजङ्ग गणको टोलीले गरेको छ । 

यसैगरी केही दिनअघि क्वरेण्टीनमा रहेका ११ जनाको आरडीटी र १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु २६ जना नै घर फिर्ता भइसकेका छन् । ‘जिल्लास्तरको यस क्वरेण्टीनमा बसेका ६६ जनामध्ये अहिलेसम्म ४३ जना घर फिर्ता भएका छन् । अहिले यस क्वरेण्टीनमा तीन ३ महिला र २० पुरुष गरी २३ जना रहेका छन्’, अधिकारीले भन्नुभयो ।

लमजुङमा अहिलेसम्म एक सय ७४ जनाको स्वाब पीसीआर परीक्षणकाे पठाइएकोमा एक सय ४८ जनाको रिपोर्ट नेगेटिभ आएको र २६ जनाको रिपोर्ट आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो ।

यसैगरी लमजुङमा अहिलेसम्म दुई सय २७ महिला, चार सय ९४ पुरुष गरी सात सय २१ जना क्वरेण्टीनमा बसेकोमा अहिलेसम्म एक सय ९६ महिला, चार सय १९ पुरुष गरी ६ सय १५ घर फिर्ता भएका छन् । अहिले विभिन्न क्वरेण्टनमा ३० महिला, ७४ पुरुष गरी एक सय चार जना रहेका छन् । 

लमजुङमा अहिलेसम्म जिल्लामा एक हजार एक सय २९ क्षमताकाे ९० क्वरेण्टीन बनाइएका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया