वैदेशिक रोजगारीबाट घर आएकाहरुको सीप पहिचान गर्दै गाउँलाई आत्मनिर्भर बनाउनेबारे छलफल

 जेठ २४, २०७७ शनिबार १२:३१:५३

खोटाङ – खोटाङ जिल्लाका विभिन्न पालिका प्रमुखहरुले वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप पहिचान गर्दै गाउँलाई आत्मनिर्भर बनाउने विषयमा जोड दिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले वैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिहरुको सीप र दक्षतालाई मध्यनजर गर्दै गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना लागू भएका खोटाङ जिल्लाका पालिकाहरुका प्रमुखसँग आयोजना गरिएको भर्चुअल अन्तरक्रियामा बोल्दै मेयर रिजालले ‘आफ्नो गाउँ, आत्मनिर्भर बनाऔँ’ भन्ने विषयलाई प्राथमिकता दिँदै अघि बढ्ने योजना रहेको बताउनुएको हो ।

अन्तरक्रियामा सहभागी सबै पालिकाहरुका प्रमुखले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको व्यवस्थापनका लागि उचित कार्यक्रम ल्याइने विषयमा जोड दिएका छन् ।

केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण  राईले बाँझो जग्गा हरियाली हुने अपेक्षा रहेको भन्दै कृषि क्षेत्रमा लगानी गर्नु आफ्नो गाउँपालिकाको प्राथमिकता भएको बताउनुभयो । 

यस्तै सामी परियोजना खोटाङका संयोजक ओजनबाबु आचार्यले कोभिड १९ को अवधिमा वैदेशिक रोजगारीमा रहेका २४ जना तथा उनीहरुका परिवारसँग टेलिकाउन्सेलिङ मार्फत समस्या सम्बोधन भएको बताउनुभयो ।

२ सय ३० जनाले मनोसामाजिक परामर्श सेवा लिएको, ३ स्थानमा क्वारेन्टाइनमै गई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको पनि उहाँले बताउनुभयो । 

यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का हेल्भेटास संयोजक कोपिला दाहालले सामी परियोजनाले अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाउनेबारे जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया