डाेटी : पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टीनमा मृत्यु भएका युवकको दाहसंस्कार हुन सकेन

 जेठ २६, २०७७ सोमबार ११:५७:१९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - आइतबार बिहान क्वरेन्टीनमा मृत्यु भएका केआइसिंह गाउँपालिका–३ दल्लका १९ वर्षीय एक युवकको पीसीआर रिपोर्ट नआउँदा दाहसस्कार हुन सकेको छैन । 

मृत्यु भएको १६ घण्टा बितिसक्दा पनि अझै पीसीआर रिपोर्ट नआउँदा उहाँकोे दाहसंस्कार हुन नसकेको हो । 

धनगढीमा रहेकोसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उहाँसँगै बसेका अन्य ९ जनाको स्वाब सङ्कलन गरी पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट नआउँदा दाहसस्कारका लागि शव नउठाइएको मृतकका आफन्तले जानकारी दिएका छन् । 

कैलालीमा एउटा मात्र पीसिआर मेसिन रहेको र अन्य जिल्लाबाट पनि पठाइएको स्वाब परीक्षण गर्न बाँकी रहेकाले मृतकको पीसीआर परीक्षण हुन समय लागेको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रयोगशालामा धेरै स्वाब परीक्षणका लागि क्यूमा हरेकाले डोटीको परिक्षण हुन समय लागेको भन्ने खबर आएको छ, सम्भवतः आज साँझसम्ममा रिपोर्ट आउन सक्छ ।’

मृत्यु भएको १६ घण्टा सम्म पनि पीसीआर रिपोर्ट नआउदा मृतकका आफन्तहरु आक्रोशित हुन थालेपछि सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा.गुणराज अवस्थीले मृतकका थोरै आफन्त मात्र मिलेर दाहसंस्कार गर्न निर्देशन दिनु भएको छ । 

‘रिपोर्ट आउन समय लाग्छ होला, दाहसंस्कारमा सहभागीलाई छुट्टै राखी दाहसंस्कार गरे हुन्छ’, डा.अवस्थीले अन्नुभयो, ‘दाहसंस्कारमा संलग्न व्यक्ति रिपोर्ट नआउँदासम्म अलग बस्नु पर्ने हुन्छ ।’

मृतकका आफन्तले रिपोर्ट नआउँदा दाहसंस्कारमा ढिलाइ भएको र शव गन्हाउने खतरा भएको भन्दै चाँडो रिपोर्ट पठाउन आग्रह गरेका छन् । शवलाई प्रहरीले आइतबार बिहानदेखि घेरा हालेर बसेको मृतकका आफन्त सेरबहादुर ऐरले बताउनुभयो । 

कोरोनाको डरले गाउँलेहरुले दाहसंस्कारमा सहयोग गर्न आनाकानी गरिरहेको ऐरले जानकारी दिनुभयो । दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्टको पर्खाइमा रहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया