बाँके : थप २९ जना काेराेना सङ्क्रमित डिस्चार्ज

 जेठ २७, २०७७ मंगलबार १४:५९:२५ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – बाँकेका थप २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा काेराेना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण पाइएकाे स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । एक जना सङ्क्रमितकाे क्वरेण्टीनमा नै ज्यान गएको छ ।

नेपालभरि काेराेना सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार सात सय ६२ पुगेकाे छ भने डिस्चार्ज हुनेकाे सङ्ख्या चार सय ८८ पुगेकाे छ । अहिलेसम्म काेराेना सङ्क्रमणकाे कारण १४ जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया