गाउँपालिकाको एम्बुलेन्समा यात्रु ओसारेपछि स्थानीयको विरोध

 जेठ २८, २०७७ बुधबार २०:३३:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको बडिकेदार गाउँपालिकाको एम्बुलेन्सले भारतबाट फर्किएका नागरिकलाई ओसार्न थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

रोजगारीका लागि भारत गएका नागरिकलाई  से १ झ २८१ नम्बरको एम्बुलेन्समा यात्रु भित्र्याउँदा कोरोनाको त्रास फैलिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

अमेरिकामा बस्दै आएका नेपालीको सहयोगमा डोटीका काङ्ग्रेस नेता आनन्द विष्टको पहलमा आमा फाउण्डेसनले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । एम्बुलेन्समा दैनिक यात्रु ओसारिँदा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र शाहीले एम्बुलेन्समा यात्रु बोकेको विषयमा छानबिन गरी दोषी देखिए कानुनी कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोक्नु गलत हो । यात्रु बोकेको प्रमाणित भए कानुनबमोजिम कारबाहीका लागि सिफारिस गछौँ ।’

एम्बुलेन्स चालक राम बडैलाले भने आफ्नो गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा भाट र वडा नम्बर ४ का अध्यक्ष वीरेन्द्र कोडकेनीको आदेशमा यात्रु बोकेको बताउनुभयो। 

भारतबाट फर्किएका गाउँपालिकाका नागरिक नबोके जागिर खाइदिन्छु भन्दै वडा अध्यक्षले एम्बुलेन्सको चाबी खोसेपछि बाध्य भएर यात्रु बोकेको चालक बडैलाको दाबी छ ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष ईन्द्रा भाट र वडा नं ४ का वडा अध्यक्ष वीरेन्द्र कोडकेनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया