डोटी : पीसीआर मेसिन किन्न दबाब दिने उद्देश्यले एक-एक रूपैयाँ सङ्कलन

 जेठ २९, २०७७ बिहिबार २०:५९:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशमा थप पीसीआर मेसिन किन्न सरकारलाई दबाब दिन चन्दा सङ्कलन अभियान सुरु गरिएको छ । 

प्रदेशभरिमा कैलालीमा एकमात्र पीसीआर मेसिन भएको र यस मेसिनले जाँच गर्न ढिलाइ भएको कारण समस्या भएको भन्दै जिल्लामा रहेका नेपाल विद्यार्थी सङ्गठनले थप मेसिन किन्न दबाब स्वरुप चन्दा सङ्कलन अभियान सुरु गरेका हुन् । 

दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारबाट यस अभियानको सुरुवात गरिएको छ । पीसीआर मेसिन खरिदको लागि दबाब दिने उद्देश्यले यस अभियानको सुरुवात गरेको नेविसङ्घका अध्यक्ष गणेश खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले पीसीआर मेसिनको दायरा बढाउन नसकेकोले कोरोना परीक्षणमा ढिलाइ हुँदा दबाब दिनकाे लागि हामीले एक रुपैयाँ चन्दा सङ्कलन गर्ने अभियान चलाएका छौँ, सङ्कलित रकम सरकारको खातामा जम्मा गर्नेछौँ ।’

नेविसंङ्घले आयोजना गरेको यस अभियानलाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटी क्षेत्र नं १ का पार्टी सभापति विजय खड्काले कोरोना परीक्षणमा पीसीआर पद्धति एकमात्रै विश्वसनीय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘कोरोना परीक्षण गर्ने पीसीआर पद्धति नै विश्वसनीय छ, त्यही किन्न पनि किन ढिलाइ गर्ने ।’ 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य विजयराज ओझाले सरकारले जुनसुकै अवस्थामा भए पनि पीसीआर मेसिन किनेर त्यसको दायरा बढाउनु पर्ने बताउनुभयो ।

यस अभियानमा यहाँका स्थानीयले पनि साथ दिएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया