कोराेना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डोटीका २ हजार जनालाई घर पठाइयो

 असार १, २०७७ सोमबार १९:२४:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – भारतबाट फर्किएर पालिकाले निर्माण गरेका क्वरेण्टीनमा बसेका १० हजार चार सयमध्ये दुई हजार जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार आइतबारसम्म क्वरेण्टीनबाट घर पठाइएकामध्ये एक हजार आठ सय जना पुरुष तथा दुई सय जना महिला रहेका छन् । 

उनीहरु सबैको आरडीटी तथा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । पछिल्लो समय जिल्लामा आरडीटी तथा पीसीआर परीक्षलाई तीव्र बनाइएकाे छ ।

रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरु दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआईसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी र आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वरेण्टीनमा बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजार बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइने छ ।’

कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वरेण्टीनमा बसेका नागरिकलाई घर पठाउन थालिएसँगै जिल्लामा निर्माण गरिएका क्वरेण्टीन खाली हुन थालेका छन् । त्यसैगरी भारतबाट जिल्लामा आएका १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एक जना कोरोना जितेर घर गएका छन् ।

जिल्लाका नौवटै पालिकाले निर्माण गरेका क्वरेण्टीनमा बसेका तर आरडीटी रिपोर्ट पोजिटिभ आएका दुई सय पाँच जनाको पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गरी कैलालीको धनगढी प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया