गण्डकी प्रदेशको बजेट : स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता

 असार १, २०७७ सोमबार १९:६:२३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षकाे लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रदेशको कुल बजेटको ४१ दशमवल २ प्रतिशत चालुगत, ५७ दशमलव ४ प्रतिशत पुँजीगत र १ दशमलव ४ प्रतिशत वित्तीय व्यवस्था खर्च रहेको छ । गण्डकी प्रदेश सरकारले पनि बजेटमा स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकता दिएको छ ।

कोरोना महामारीको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा चालु आर्थिक वर्षको अनुपातमा भौतिक पूर्वाधार विकासको क्षेत्रमा भने बजेट विनियोजन कम हुन गएको मन्त्री गुरुङले बताउनुभयो । 

प्रदेशको सार्वजनिक स्रोतमा आउने सङ्कुचन र कोरोना महामारी रोगको रोकथाम नियन्त्रण र प्रभाव न्यूनीकरण कार्यमा अतिरिक्त स्रोत परिचालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी आउँदो वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने नीति लिएको उहाँले बताउनुभयो ।

यसकाे लागि अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गर्ने निर्णय भएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया