पर्वतका ८ जना सङ्क्रमित डिस्चार्ज

 असार ४, २०७७ बिहिबार २०:०:४३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतमा काेराेना सङ्क्रमित आठ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । ​गएकाे जेठ २० गते सङ्क्रमण देखिएकाहरुको बिहीबार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेमा पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा उपचाररतमध्ये फलेबास नगरपालिका १० कुर्घाका दुई जना, महाशीला गाउँपालिका ३ का तीन जना तथा फलेबास नगरपालिका ११ र फलेवास २ का एक/एक जना छन् । त्यस्तै बिहादी गाउँपालिका ४ का एक जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रो पटक स्वाब परीक्षणकाे क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार अबेर उनीहरुलाई पालिकाको क्वरेण्टीनमा पठाइएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो । 

उनीहरुसँगै सङ्क्रमण देखिएका बिहादीका पुरुषमा भने दोस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएको छ । बिहीबार पर्वतमा थप नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै पर्वतमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । तीमध्ये चार जना महिला र ३४ जना पुरुष छन् ।

बिहीबार आठ जना निको भएर फर्किएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० रहेकाे स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सका सूचना अधिकारी प्रवीण भण्डारीले बताउनुभयो ।

 उहाँका अनुसार सङ्क्रमणमुक्त हुनेले कम्तीमा दुई हप्तासम्म सम्बन्धित पालिकाको क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ ।    

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया