कोरोना सङक्रमितले पानी लैजाने भन्दै धारामा करेन्ट प्रवाह गर्दा महिलाको ज्यान गयो

 असार ७, २०७७ आइतबार १२:२:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी- डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका वडा नं. ७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर ज्यान गएको छ । 

शनिबार साँझ खानेपानीका लागि धारामा पानी  गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक दीपिलसिंह देउवाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार त्यही ठाउँका सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको करेन्ट प्रवाह गरेका कारण उहाँलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पानीको ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँको सार्वजनिक धारामा भारतमा  रोजगारी गरी नेपाल घर फर्किएका कोरोना सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया