कोरोनाको जोखिम बढेपछि डोटीका प्रमुख बजार बन्द

 असार ८, २०७७ सोमबार १२:२४:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोना भाइरस ९कोभिड–१९० को जोखिम बढेपछि डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्र बन्द गरिएका छन् । पिपल्ला, सिलगढी, दिपायल तथा राजपुर बजारका अत्यावश्यक सेवाबाहेक अन्य सबै पसल तथा व्यवसाय  पूर्ण रुपमा बन्द गरिएका हुन्  । 

दिपायल सिलगढी नगरपालिकाको आग्रह र  डोटी उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्ण रुपमा बन्द गरिएको संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सोमबार बिहान १० बजेदेखि लागू हुने गरी बजार बन्द  गर्ने निर्णय गरिएको हो । 

नगरपालिका र वाणिज्य संघको आयोजनामा बजार बन्द गरिए पनि यहाँका सरकारी कार्यालय खुल्ला नै रहने छन् । यस्तै अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराइले बताउनुभयो । 

‘कोरोनाको  सङ्क्रमण रोक्न नगरपालिका तथा व्यापारिक संस्थाले बजार बन्द गरे पनि अत्यावश्यक सेवा सञ्चालनमा रहनेछन्’, उहाँले भन्नुभयो, ‘आफ्नो ज्यान जोगाउन भए पनि सबैले नियमको पालना गर्नु जरुरी भएको छ ।’

डोटीमा अहिलेसम्म १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । यहाँको दिपायल सिलगढी र शिखर नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया