पर्वतमा डिसइन्फेक्शन छर्कने कर्मचारीमा कोरोेना सङ्क्रमण

 असार १३, २०७७ शनिबार १२:५१:१९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – अस्थायी कोरोना अस्पताल र क्वरेण्टीनमा डिसइन्फेक्शन छर्कने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पर्वतमा सङ्क्रमितको सङ्ख्या ७१ पुगेको छ । अस्पताल र क्वरेण्टीनमा डिसइन्फेक्शन छर्किने ५३ वर्षीय पुरुष कुश्मा नगरपालिकाकै हुन् । उनलाई आइसोलेशनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएपछि शनिबार नै घर पठाइने भएको छ ।

यसअघि दुई चिकित्सकसहित पर्वतका ११ जना कोरोना सङ्क्रमित घर फर्किसकेका छन् । आइसोलेश्नमा उपचार गराइरहेका अन्य ११ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि कोरोना पोजेटिभ देखिएको कारण उपचारमै रहने डा. देवकोटाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया