रुपन्देही हुँदै पाल्पा पुग्यो सलह, सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय

 असार १३, २०७७ शनिबार १९:१८:३२ | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

पाल्पा – प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनुभयो । 

सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताउनुभयो । 

भारतको सीमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको किरा सलह भएको जानकारी दिँदै वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिनुभयो । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाइ छ । 

कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सलह किरा सराई र पोखराथोकसम्म आइपुगेको बताउनुभयो । केही किरा दोभान क्षेत्रमा बसेको पाठकको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया