नवजात शिशुको हत्या गरेको आशङ्कामा २२ वर्षीया किशोरी पक्राउ

 असार १७, २०७७ बुधबार १०:३:३८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा नवजात शिशुको हत्या गरेको आशङ्कामा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला स्थायी ठेगाना भएकी दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशथानमा सिलाई कटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबोध शिशुको हत्या गरेको आशङ्कामा हामीले सिर्जना थापा नाम गरेकी युवती पक्राउ गरेका छौँ, आवश्यक अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि अन्य कुरो खुल्नेछ ।’

गएको असार १५ गते जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिक रहेको सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा हत्या गरी एक शिशुको शव भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीका अनुसार सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको थियो ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया