गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गयो

 असार २०, २०७७ शनिबार ८:४५:१७ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएको छ ।

कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गएको हो ।

कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति गोरखा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । असार १६ गते कतारबाट नेपाल फर्केका ती पुरुष १७ गते पालुङटार पुग्नुभएको थियो ।

जीवनज्योती माविको क्वरेण्टीनमा राखिएका ती पुरुषलाई लगातार खोकी लागेपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणपछि कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयो ।

गोरखा अस्पतालमा ज्यान गुमाएका ती पुरुषकोबारेमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया