शव व्यवस्थापनमा स्थानीयको अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

 असार २०, २०७७ शनिबार १७:४:२९ | किरण लोहनी
unn.prixa.net

गोरखा – गाेरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उहाँको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ काे सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।

तर दुवै नगरपालिका स्थानीयले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीले तीन घण्टाकाे अवरोध हटाएपछि शव व्यवस्थापन टोलीले खाल्डो खनेको थियो तर फेरि स्थानीयको विरोधका कारण दिनभर शव व्यवस्थापन हुन सकेको छैन ।

तर अहिले बल प्रयोग गरेर स्थानीयलाई हटाउने र शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । मृतकको शव लैजान एम्बुलेन्स चालक पनि डराएका थिए । गोरखाका प्रमुख जिल्ला अधिकारी आफै जिल्ला अस्पताल गएर एम्बुलेन्स चालकलाई सम्झाइबुझाइ गरेपछि चालक पनि शव लैजान सहमत भएका हुन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया