मोरङमा बाढी : कतै खेत बगायो, कतै बाढी बस्तीमा पस्यो

 असार २८, २०७७ आइतबार ११:२२:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङका धेरै ठाउँमा बाढीका कारण क्षति भएको छ । कतै खोला खेतमा पसेको छ भने कतिपय ठाउँमा बस्तीमा पानी पस्दा त्यहाँका बासिन्दा बिस्थापित भएका छन्  । 

गएरातिदेखिको वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले  मोरङको कानेपोखरी गाउँपालिका –५,  दुःखीटोल कटान गरेको छ  ।

कटानको जोखिममा परेका ७ घर परिवारका ३२ जनालाई  भंसावारी प्रा.वि. सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

त्यस्तै  उर्लाबारी नगरपालिका–३, मंगलबारेमा  बक्राहा खोलामा आएको बाढी धान खेतमा पसेको छ  ।  खोला धान खेतमा पसेपछि सयौँ बिगाहा धान खेत बगाएको छ ।यस्तै मोरङकै मिक्लाजुङ गाउँपालिका–२, कुवापानी बस्ने रनकुमार राईको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ ।  

यता बिराटनगर महानगरपालिमा केशलिया खोला गाउँ पसेको छ । गएको वर्ष बाँध फुटेर गाउँ पसेको केशलिया खोला यो वर्ष पनि गाउँ पसेको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो । मेयर पराजुलीका अनुसार बिराटनगर महानगरपालिका –६ बाट खोला गाउँ पस्दा महानगरका वडा, ६ र १२ का करिब ४५ घर डुबानमा परेका छन् । 

यस्तै बिराटनगर–१२, सिम्राही टोलको मुसहर बस्तीका करिब १० घरका  परिवारलाई उद्धार गरी बखरी प्रा.वि.मा सारिएको मेयर पराजुलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया