रङ्गकर्मी सुनील र गायक सुगमलाई पितृ शाेक

 साउन ११, २०७७ आइतबार १८:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ रङ्गकर्मी सुनील पोखरेल र गायक सुगम पोखरेललाई पितृ शोक परेको छ ।

पोखरेलका बुवा एकनाथ पोखरेलको शनिबार राति मोरङको मङ्गलबारेमा रहेको आफ्नै निवासमा निधन भएको हो । ८० वर्षका उहाँलाई दम, मधुमेहसँगै मुटुको पनि समस्या थियो । उहाँको आइतबार नै अन्त्येष्टि हुने परिवारका सदस्यले जनाएका छन् । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

कलाकार सुनील पोखरेल नेपाली नाट्य क्षेत्रमा सुप्रसिद्ध नाम हो  । गुरुकुलका संस्थापक सुनील पोखरेल अभिनयमा सक्रिय हुनुहुन्छ हुने गायन क्षेत्रमा सुगम पोखरेलको छुट्टै पहिचान छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया