डा. केसी जुम्लामा, तीन हप्तामा माग पूरा नभए फेरि अनशन बस्ने चेतावनी

 साउन १२, २०७७ सोमबार ६:५६:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला -  डाक्टर गोविन्द केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ ।

डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तरतर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्नुभएको छ ।

जुम्ला पुग्नुभएका  डाक्टर केसीले यी मागहरु ३ हप्ताभित्र पूरा नभए फेरि अनशन बस्ने चेतावनी दिनुभएको हो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

यसअघि डा. केसीले २०७५ असार १५ देखि साउन ३ गतेसम्म विभिन्न माग गर्दैै अनशन  बस्नु भएको थियो ।  उहाँलाई सरकारले हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया