सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई कांग्रेसको सम्मान

 साउन १६, २०७७ शुक्रबार १९:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो । कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण पदक विजेतालाई प्रति खेलाडी १० हजारका दरले सम्मान गर्नुभएकाे हाे । 

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ । जसअनुसार सागमा चार वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुई वटा पदक जित्ने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल पदक २०६ जितेको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया