प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड, पालिकाले ताेके समय तालिका

 साउन २३, २०७७ शुक्रबार १५:४७:५० | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिनेको भिड लाग्न थालेको छ । 

कोरोना सङ्क्रमण देखिनुअघि दैनिक २५ देखि ३० वटासम्म नागरिकता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयले अहिले दैनिक सयदेखि दुई सय वटासम्म नागरिकता वितरण गर्दै आएको छ ।

कोरोनाको सङ्क्रमणपछि भारतमा रोजगारी गर्दै आएका नागरिक गाउँघरमा आएका र अहिले उनीहरु श्रीमती, छोराछोरीको नागरिकता बनाउन आउन थालेकाे कार्यालयले जनाएको छ । 

नागरिकता लिनेहरुमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । नागरिकता लिनेको भिड बढ्न थालेपछि जिल्लाका नौ वटै पालिकाका नागरिकलाई प्रशासनले समय तालिका तोकेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले समय तालिका तोक्ने निर्णय गरेको थियो ।

भिड बढेसँगै संक्रमण जोखिम बढ्न सक्ने भएकाले समय तालिका तोक्ने निर्णय भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । 

प्रशासनले तोकेको नियमअनुसार शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका नागरिकले आइतबार र बुधबार, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाले सोमबार नागरिकता लिन सक्नेछन् । 

बिहीबार तथा दिपायल सिलगढी नगरपालिका, बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका नागरिकले मङ्गलबार र शुक्रबार नागरिकता लिन सक्ने गरी निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत शिवकुमार राईले बताउनुभयो। 

तर तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा नागरिकता वितरणमा समस्या हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारीकाे पद झण्डै दुई वर्षदेखि खाली छ । 

शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि एक जनाले मात्रै चलाउँदै आएको र उहाँको पनि जिल्ला प्रशासन कार्यालय खोटाङमा सरुवा भएका कारण झनै समस्या भएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया