प्रदेश १ मा ६१ जना कोरोना सङ्क्रमित थपिए, ‘आरती स्ट्रीप्स’का १२ मजदुरमा सङ्क्रमण

 साउन २४, २०७७ शनिबार १९:४:५८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ मा आज ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।

मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १/१ जना महिला, सुनसरीको धरानका २ महिला, २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला  १ पुरुष र सप्तरीका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच मोरङको बुढीगंगामा रहेको आरती स्ट्रीप्स उद्योगमा काम गर्ने १२ जना मजदुरमा कोरोना पोजेटिभ दखिएको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।  
५ सय जनालाई रोजगारी दिएको आरती स्ट्रीप्स उद्योगमा काम गर्ने मजदुरमा सङ्क्रमण देखिएपछि आसपासमा त्रास बढेको छ । सामान्य मापदण्ड समेत पुरा नगरी उद्योग सञ्चालन गरेका कारण सङ्क्रमणको दर बढ्दै गएको स्थानीयको भनाई छ ।

उद्योगहरुमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि आज बुढीगंगा गाउँपालिकाको बोर्ड बैठकले उद्योगमा काम गर्ने मजदुरको अनिवार्य कोरोना परीक्षण थाल्ने  निर्णय गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कासिम मियाँले बताउनुभयो । कोरोना पोजेटिभ देखिएका उद्योग सिल गर्ने समेत निर्णय भएको मियाँले जानकारी दिनुभयो ।

प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजा ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया