जुम्ला सदरमुकाममा फेरि निषेधाज्ञा

 साउन २५, २०७७ आइतबार १६:०:१८ | नेत्र शाही
unn.prixa.net

क्याप्सन : जुम्ला सदरमुकामको दृश्य, तस्बिर : नेत्र शाही, जुम्ला ।

नेत्र शाही – जुम्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि सदरमुकाम खलङ्गामा फेरि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको हो ।   

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले हस्ताक्षर गर्नुभएको पत्रमा साउन २५ गते दिउँसो ३ बजेदेखि चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीमा निषेधाज्ञा जारी गरिएको छ ।  

यसैगरी तिला गाउँपालिका ५ को ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुग्री गाउँ, दक्षिणमा खोलीगाउँ चार किल्लामा औषधि पसल र स्वास्थ्य सेवाबाहेक सबै क्रियाकलापहरु अर्काे निर्णय नभएसम्मका लागि बन्द हुने भएको छ । सङ्क्रामक रोग ऐन २०२० को २ (२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

जुम्लामा पछिल्लो पटक चन्दननाथ नगरपालिकामा तीन जना, तिला गाउँपालिका ५ मा एक जनामा कोरोना पुष्टि भएको छ । यसैगरी पचाल झर्ना कालीकोटका जुम्लामा बस्दै एक जना र शुभकालिका

गाउँपालिकाका एकमा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । अहिले प्रतिष्ठानको आइसेलेशनमा आठ जना रहेका छन् ।     

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया