कर्णाली भित्रिन पीसीआर रिपाेर्ट अनिवार्य, भदौ १ देखि ५ सम्म वीरेन्द्रनगरमा निषेधाज्ञा

 साउन २९, २०७७ बिहिबार २०:१२:१६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – भदाै १ गतेदेखि कर्णाली प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट आवश्यक पर्ने भएको छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि  प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । 

कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ । 

यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको छ । तीमध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय समुदायस्तरमा र अन्य प्रदेशबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले कडाइ गर्न थालेको हो । 

वीरेन्द्रनगरमा निषेधाज्ञा

यसैबीच वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।  

अहिलेसम्म वीरेन्द्रनगरमा एक सय ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । जोखिम बढ्न थालेपछि साउन २५ गतेदेखि सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।    

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया