जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

 भदौ १, २०७७ सोमबार १२:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । 

कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको विश्लेषण गरिएको छ । 

तर जापानी मन्त्रिपरिषद् कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्रै राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको देशमा पर्छ।

कोभिड-१९ बाट सङ्क्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो । जापानको निर्यातमूखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको विज्ञले बताएका छन् । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या झण्डै ५६ हजार छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया