जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

 भदौ ८, २०७७ सोमबार १४:५२:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिनुभएका प्रधानमन्त्री आबे साेमबार प्रधानमन्त्री हुनुभएको दुई हजार सात सय ९९ औँ दिन पुगेको छ । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार दुई हजार सात सय ९८ दिन प्रधानमन्त्री हुनुभएको थियो ।

आउँदाे महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने कीर्तिमान पनि बनाउनुभएको थियो । स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि राेकिएकाे थियो । त्यसबेला उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँ अस्पताल पुग्नुभएकाे छ । पछिल्लो एक हप्ताको अवधिमा उहाँ साेमबार दोस्रो पटक स्वास्थ्य परीक्षणकाे लागि अस्पताल पुग्नु भएको छ । दोस्रो पटक अस्पताल पुग्ने क्रममा संवाददातासँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, 'मेरो स्वास्थ्य अहिले ठिक छ र म अझ कडा मेहनत गर्न चाहन्छु ।' अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोकाे कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणकाे क्रममा सात घण्टा बिताउनुभएको थियो ।

जापानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किँदै गएको अनुमान गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया