जापानका प्रधानमन्त्री आबेले पदबाट राजीनामा दिने

 भदौ १२, २०७७ शुक्रबार १२:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने हुनु भएको छ । 

स्वास्थ्यका कारण उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबे केही समययता अस्वस्थ हुनुहुन्छ । 

केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उहाँ पहिलो व्यक्ति हुनु भएको थियो । 

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे गएको ८ गते प्रधानमन्त्री हुनु भएको २ हजार ७ सय ९९ औं दिन पुगेको थियो । 

यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार २ हजार ७ सय ९८ दिन प्रधानमन्त्री हुनु भएको थियो ।

 अर्कोे महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि बनाउनु भएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया