कार्यकाल पूरा गर्न नसकेको भन्दै आबेले नागरिकसँग माफी मागे

 भदौ १२, २०७७ शुक्रबार १६:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानका प्रधानमन्त्री शिन्जो आबेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यमा आएको खराबीका कारण उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले आफ्नो स्वास्थ्यमा खराबी आएकाले नियमित औषधि खानुपर्ने र आफ्नो स्वास्थ्यकै कारण गलत निर्णय हुन नहुने भन्दै राजीनामा दिनुभएकाे बीबीसीले जनाएको छ ।

उहाँले आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहेको पनि बताउनुभएको छ । शिन्जाे आबेले कार्यकाल पूरा गर्न नसकेको भन्दै नागरिकसँग माफीसमेत माग्नुभएको छ ।

प्रधानमन्त्री आबे केही समय यता अस्वस्थ हुनुहुन्छ । केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उहाँ पहिलो व्यक्ति हुनुभएको थियो ।

 याे पनि पढ्नुहाेस्

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि उहाँ प्रधानमन्त्रीमा चुनिनुभएको थियो । गएको ८ गते उहाँ प्रधानमन्त्री भएको दुई हजार सात सय ९९ औँ दिन पुगेको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया