धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा कोरोना भाइरसको सङ्क्रमण

 भदौ १३, २०७७ शनिबार १२:३१:५९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

धनकुटाबाट ९५ जनाको पीसीआर परीक्षणको लागि पठाएकामध्ये ४५ जनाको रिपोर्ट आएको छ । जसमध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईँले बताउनुभयो । उनीहरु विभिन्न ठाउँबाट सरुवा भएर धनकुटा पुगेका थिए । उनीहरु सबै क्वरेण्टीनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

अरु ६ जनामा ४ जना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरु रहेका छन् । धनकुटामा कोरोना भाइरसको सङ्क्रमण देखिएको यो अहिलेसम्मको सबैभन्दा बढी संख्या हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया