योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री

 भदौ ३१, २०७७ बुधबार १४:३:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

७१ वर्षका योशिहिदे यसअघिको मन्त्रिपरिषदमा सचिवको भूमिकामा हुनु हुन्थ्यो । उहाँ आबेका नजिकका सहयोगी मानिनु हुन्छ । उहाँले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने अनुमान गरिएको छ । 

किसान परिवारकाे सुगा सन् १९९१ मा प्रधानमन्त्री बन्नुभएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु', उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया