सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

 असोज १३, २०७७ मंगलबार १८:८:२४ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – सन् २०२० मा चीनको अर्थतन्त्र २ दशमलवले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेकाे छ । विश्व बैंकले सरकारी खर्च, बलियो निर्यात र मार्च महिनादेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनु लगायत विषयमा आधारित रहेर यो प्रक्षेपण गरेको हो । सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।  

यसमा निरन्तर सुधार र गतिविधिलाई सामान्य बनाइने धारणा मुख्य अर्थतन्त्र तथा खोपको सम्भावित आगमनसँग जोडिएको छ ।

चीनको आर्थिक वृद्धिदरमा कोरोना भाइरसको महामारीका कारण घरेलु खपतमा आएको कमी र कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा अपेक्षाकृत सुधार भने हुन सकेको छैन । विश्व बैंकले पूर्वी एसिया र प्रशान्त क्षेत्रको अक्टोबर २०२० को आर्थिक अपडेटमा यो प्रक्षेपण गरेको हो ।  

यस क्षेत्रका बाँकी क्षेत्रहरुमा भने वृद्धिदरमा ३ दशमलव ५ प्रतिशतले सङ्कुचन हुने अनुमान गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया