सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुँदै

 असोज १७, २०७७ शनिबार ७:४३:५७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो ।

यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयो । कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

बैतडीको पाटनको उद्घाटनपछि बझाङको चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले जानकारी दिनुभयो । तीन वटा विमानस्थल उद्घाटनसँगै सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् ।

कैलालीको धनगढी विमानस्थलबाट साना जहाजले पहाडी जिल्लामा नियमित उडान गर्ने गरी तयारी भइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया