दशैँअघि नेपाल–भारत उडानको सम्भावना कम, प्रस्ताव मन्त्रिपरिषदमै थन्कियो

 असोज २९, २०७७ बिहिबार १८:४०:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान दशैँअघि सुरु नहुने सम्भावना बढेको छ । दुई देशका विमानले दुई देशका र कुटनीतिक नियोगका कर्मचारी मात्रै बोक्न पाउने गरी उडान सुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।

सीमित उडान र सीमित यात्रु मात्रै बोक्न पाउने गरी भारतले पठाएको ‘एअर बबल’ को प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति जनाएका छन् ।

पर्यटन मन्त्रालयले यो प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीमा पठाएकोमा सीसीएमसीबाट प्रस्ताव पारित भइसकेको छ । तर मन्त्रिपरिषद्ले यो निर्णय पारित नगर्दा उडान रोकिएको छ । 

‘दुई देशका नागरिक र कुटनीतिक नियोग तथा विकास नियोगमा कार्यरत कर्मचारी मात्रै बोक्न पाउने गरी उडानको प्रस्ताव गरिएको छ, हामीले दशैँअघि नै उडान सुरु गर्ने हिसाबले प्रस्ताव गरेको हो तर अब दशैँअघि उडान खुल्ने सम्भावना कमै छ’, पर्यटन मन्त्रालय स्रोतले भन्यो । 

मन्त्रिपरिषद्को बैठकमा पर्यटन मन्त्रालयको यो प्रस्तावलाई महत्त्व नै नदिएको स्रोतले बताएको छ । 

‘पर्यटनमन्त्री आइसोलेशनमा हुनुहुन्छ, यो प्रस्तावलाई महत्त्व दिएर उठाउने कोही पनि भएनन्, त्यसैले प्रस्ताव अलपत्र परेको होला’, एक अधिकारीले भने । 

नेपालको तर्फबाट दुई वटा र भारतको तर्फबाट दुई वटा उडान गर्ने गरी सुरुमा हप्तामा चार वटा उडान गर्ने र त्यसपछि बिस्तारै बढाउँदै लैजाने प्रस्तावमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया