डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

 कात्तिक १५, २०७७ शनिबार १२:४२:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर बेड नभएको गुनासो बढेपछि जडान गर्ने तयारी भएको हो । 

आईसीयू र भेन्टिलेटर बेड जडानका लागि कर्मचारीहरु खटिनुका साथै काम तीव्ररुपमा काम अगाडि बढेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आईसीयू र दुई भेन्टिलेटर बेड उपलब्ध गराएको हो । 

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको अस्पतालमा आईसीयू तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्यत्र जिल्ला पठाउनु पर्ने बाध्यता छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती बेडहरु जिल्लामा पुगि सकेको र आइतबारबाट जडान कार्य सुरु हुने बताइएको छ । 

प्रदेश सरकारको सहयोगमा केही महिना पहिले मात्र कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो । अब अस्पतालले आईसीयू र भेन्टिलेटर बेड पनि जडान गर्न थालेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया