कर्णालीमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि ‘टेलिमेडिसिन’ सेवा

 कात्तिक २७, २०७७ बिहिबार २०:३१:११ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश अस्पतालले घरमै बसेका कोरोना सङ्क्रमितहरुको उपचार सहज गराउन टेलिमेडिसिन  सेवा सुरु गरेको छ । घरमा होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने उद्देश्यले बिहीबारदेखि सेवा सुरु गरेको हो ।  

अहिले लक्षण नदेखिएका अधिकांश सङ्क्रमितहरु घरमै बसेकाले केही समस्या हुन सक्ने भन्दै टेलिमेडिसिन सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त निर्देशक डाक्टर गणेश थापाले घरमा बस्दा कतिपय सङ्क्रमित सल्लाह नपाउँदा तनावसमेत हुने गर्दा होम आइसोलेशन बस्नेलाई सहयोग गर्ने बताउनुभयो । उहाँले टेलिमेडिसिन सेवाका लागि सङ्क्रमितले प्रदेश अस्पतालको फोन नं. ९८५८०७०२४६ र ९८५८०७०२४८ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।   

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले चिकित्सकहरुले टेलिमेडिसिनमार्फत सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र केही समस्या आए तत्काल अस्पताल ल्याउन यातायातको व्यवस्था गर्ने जानकारी दिनुभयो  । उहाँले होम आइसोलेशनमा बसेका सङ्क्रमितको दैनिक निगरानी गर्ने हुँदा जटिल प्रकृतिका बिरामीको उपचारमा समेत सहज हुने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया