पार्टीमा विवाद छ तर फुट्दैन, पार्टी कमिटीकाे निर्णय दुवै अध्यक्षले मान्नुपर्छ : नेता रावल

 मंसिर ६, २०७७ शनिबार १९:४६:५ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए पनि कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जाने छ ।’

नेता रावलले सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।’ नेकपाका सबै नेताहरु लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई पनि छुट नभएको उहाँले बताउनुभयो । 

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सधैँ एक ढिक्का भएर जानेसमेत उहाँको भनाइ छ । 

फरक प्रसङ्गमा बोल्नुहुँदै नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जो केहीलाई पनि कारबाही हुने बताउनुभयो । नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उहाँको भनाइ थियो ।

‘हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ’, उहाँले भन्नुभयो, ‘नेकपा सरकारको पालामा विकासका गतिले तिव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार ग¥यो भन्ने आरोप लगाएका हुन्, यो आरोप निराधार छन् ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया