बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुने

 मंसिर ९, २०७७ मंगलबार ८:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज कोरोना परीक्षण हुने भएको छ ।

भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुनेछन् । बन्द प्रशिक्षण अघि आज सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने भएको छ । नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाण्डौ आइसकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण गर्ने बताउनुभयो । टोलीको प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुई अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । 

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया