उपचार गर्ने पैसा नहुँदा घरमै थलिए कर्ण

 मंसिर १५, २०७७ सोमबार १०:२१:२९ | मुना हमाल
unn.prixa.net

सुर्खेत - उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ ।

मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले ऋण गरेर उपचार गर्नुभयो । अहिले घाउ बल्झिँदै गएपछि कर्णलाई उपचारमा समस्या भएको छ ।  

उहाँको परिवारले अहिलेसम्म १३ लाख रूपैयाँ ऋण गरेर उपचार गरिसकेको छ । थप उपचारका लागि आर्थिक समस्या भएपछि उहाँले  सबैलाई सहयोगको आग्रह गर्नुभएको छ । ‘कमाउने मान्छे मै हुँ । मेरो हालत यस्तो भइहाल्यो ।पहिलेकै ऋण त्यतिकै थियो । फेरि दुवै खुट्टा भाँचिएपछि ऋण गरेर उपचार गरेँ,’ उहाँले भन्नुभयो, ‘अब पहिलेकै ऋण बढ्दै गएको छ । तिर्न सकिएको छैन । बिहान, साँझ खानै समस्या छ ।’ 

कर्णकी श्रीमती मीना नेपालीले अहिले चन्दा उठाएर उपचार गर्न थाले पनि खासै सहयोग नजुटेको गुनासो गर्नु भएको छ ।

सम्पर्क गर्नकाे लागि उहाँकाे श्रीमती मीना नेपालीकाे माेबाइल नम्बर : ९८२२४४४१५४ 

मीना नेपालीकाे नाममा सुर्खेत एसबीआई शाखामा रहेकाे बैंक खाता नम्बर : २०८१५२४३४०१०४२

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया