महोत्तरी : माेटरसाइकल दुर्घटनामा परि एककाे ज्यान गयाे, एक जना गम्भीर घाइते

 मंसिर १८, २०७७ बिहिबार १०:३९:५४ | शुभनारायण यादव
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशालामा सडकको बीचमा रहेको पार्कमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएकाे छ ।

गएराति गौशाला नगरपालिका-१ रामनगर सूर्तीविकास चाेकमा रहेकाे पार्कमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय अमर पाँचेको घटनास्थलमै ज्यान गएकाे हाे । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार दुर्घटनामा परि गौशाला ८ का १७ वर्षीय युवराज वलम्पाकी घाइते हुनुभएकाे छ । उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया